सोनम वाङचुकद्वारा २६ दिनको आमरण अनशन अन्त्य

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ०६:२१

एजेन्सी । भारतका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन् । नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने मागसहित उनी अनशनमा बसेका थिए ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि वाङचुकलाई उपचारका लागि गुरुग्रामस्थित मेदान्ता अस्पतालमा राखिएको थियो । शुक्रबार भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह अस्पताल पुगेका थिए । नड्डाले जुस पिलाएपछि वाङचुकले आफ्नो आमरण अनशन अन्त्य गरेका हुन् ।

Advertisement

अनशन तोडेपछि वाङचुकले सामाजिक सञ्जालमार्फत ६५ जना सांसदले अनशन अन्त्य गर्न आग्रह गरेको बताएका छन् । उनीहरूबीच लामो छलफल भएको र केही सर्तमा सहमति बनेपछि देशमा थप तनाव एवं हिंसाको सम्भावनालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरेको उनले उल्लेख गरेका छन् ।

वाङचुकले कक्रोच जनता पार्टीको आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै जुन २८ देखि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका थिए । आन्दोलनको मुख्य उद्देश्य नीट परीक्षामा भएको प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको नैतिक जिम्मेवारी सुनिश्चित गराउनु रहेको बताइएको छ ।

अनशनका क्रममा उनको स्वास्थ्य लगातार कमजोर बन्दै गएको थियो । त्यसपछि जुलाई १८ मा उनलाई नयाँदिल्लीस्थित सफदरजङ अस्पतालमा भर्ना गरिएको थियो । थप उपचार आवश्यक परेपछि जुलाई २१ मा गुरुग्रामको मेदान्ता अस्पताल सारियो । जहाँ चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ ।

अनशन अन्त्य गरे पनि वाङचुकले उठाएका मागहरू भने कायम रहेको जनाएका छन् । उनले शिक्षा प्रणालीमा पारदर्शिता, परीक्षा प्रणालीमाथिको जनविश्वास पुनःस्थापना र जिम्मेवार निकायले नैतिक उत्तरदायित्व वहन गर्नुपर्ने आवश्यकता दोहोर्‍याएका छन् । भारतमा नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर लामो समयदेखि राजनीतिक तथा सामाजिक बहस चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बिरामी बोक्ने एम्बुलेन्समा ४५० किलो गाँजा, इटहरीको पानीपिया जंगलमा छाडेर भागे चालक
प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×