श्रीलंकामा पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १७:५७

एजेन्सी । श्रीलंकाको एक अदालतले सन् २०१९ को इस्टर सन्डेमा भएका शृङ्खलाबद्ध बम विस्फोट रोक्न असफल भएको ठहर गर्दै एक पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्डको सजाय सुनाएको छ।

तत्कालीन सुरक्षा निकायका उच्च अधिकारीहरूले सम्भावित आतङ्कवादी हमलाबारे पूर्वसूचना पाउँदा पनि त्यसलाई रोक्न आवश्यक कदम नचालेको अदालतको ठहर छ। सुरक्षा निकायको गम्भीर लापरबाहीका कारण ठूलो मानवीय क्षति भएको भन्दै उनीहरूलाई जिम्मेवार ठहराइएको हो।

Advertisement

सन् २०१९ अप्रिल २१ मा श्रीलङ्काका विभिन्न चर्च तथा होटलमा आत्मघाती बम विस्फोट गराइएका थिए। इस्टर पर्व मनाउन भेला भएका सर्वसाधारणलाई लक्षित गरी गरिएका ती समन्वित आक्रमणमा विदेशी नागरिकसहित २७९ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए।

आक्रमणअघि प्राप्त गुप्त सूचनालाई समयमै कार्यान्वयन नगरेको भन्दै तत्कालीन सरकार र सुरक्षा नेतृत्वमाथि व्यापक आलोचना हुँदै आएको थियो। उक्त घटना श्रीलङ्काको इतिहासकै सबैभन्दा घातक आतङ्कवादी हमलामध्ये एक मानिन्छ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डमा सरकारको अपरिपक्वता : मृतकको शव जलिसक्यो, स्थायी समाधान अधुरै
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
सामाजिक सद्भाव र कानुनी शासनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण: मन्त्री पराजुली
दीपमाला ढकाल बनिन् ‘मिस नेपाल’
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
धनकुटामा आठ सय केजी गाँजासहित दुई जना पक्राउ
नेपालको राष्ट्रियता र स्थायित्वका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
राष्ट्रियताका लागि संवैधानिक राजसंस्था अपरिहार्य: अभिनेत्री मनीषा कोइराला
श्रीलंकामा पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्ड
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
हिमपहिरोमा अस्ताए निर्मल पुर्जासहित ६ नेपाली आरोही
निर्मल पुर्जाको निधनमा प्रधानमन्त्री, ‘साहस अमर रहनेछ’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.