बलिउडका चर्चित अभिनेता प्रदीप रावतको निधन

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०७:०७
बलिउडका चर्चित अभिनेता प्रदीप रावतको निधन

मुम्बई । बलिउडका दिग्गज अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । सुपरहिट चलचित्रहरू ‘लगान’ र ‘गजनी’ मा प्रभावशाली भूमिका निभाएका रावतको उपचारका क्रममा निधन भएको हो ।
उनका प्रबन्धक सिद्धार्थ तिवारीका अनुसार रावत विगत केही वर्षदेखि रक्त क्यान्सरसँग जुधिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी विगत दुई महिनादेखि अस्पतालमा भर्ना थिए ।

प्रदीप रावतले बी.आर. चोपडाको चर्चित टेलिभिजन सिरियल ‘महाभारत’ मा ‘अश्वत्थामा’ को भूमिका निभाएर घरघरमा पहिचान बनाएका थिए । उनले ‘लगान’ मा ‘देवा’ र ‘गजनी’ मा शीर्ष खलनायकको भूमिका निर्वाह गरेका थिए, जसलाई दर्शकले निकै रुचाएका थिए । हिन्दीबाहेक उनले नेपाली, तेलुगु, तमिल र कन्नड लगायतका विभिन्न भाषाका चलचित्रमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए ।

Advertisement

उनको निधनको खबरले भारतीय चलचित्र उद्योग स्तब्ध बनेको छ । अभिनेता सोनु सूदले ‘प्रदीप रावत भाइ, तपाईंलाई सधैँ याद गरिनेछ’ भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै सह कलाकार यशपाल शर्मा लगायतका कलाकारहरूले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । रावतको निधनसँगै बलिउडले एक कुशल र शक्तिशाली अभिनेता गुमाएको छ ।

तपाइको प्रतिक्रिया
प्रस्तावित कानुन आयोग विधेयकप्रति बारको आपत्ति, स्वायत्तता कमजोर हुने दाबी
इटहरीमा सीप तथा रोजगार मेला, ६५ स्टलबाट रोजगारीको अवसर
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न आग्रह
जलवायु संकटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छः राष्ट्रसंघ महासचिव गुटरेस
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली
इलाममा ट्रकको ‘फल्स बटम’ भित्र लुकाइएको १५ सय किलो गाँजा बरामद
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
बिरामी बोक्ने एम्बुलेन्समा ४५० किलो गाँजा, इटहरीको पानीपिया जंगलमा छाडेर भागे चालक
प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै भोजपुरको हतुवागढी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×