भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजले छुट्यायो ५ लाख ५ हजार ५५ रुपैयाँ

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०६:२२

इटहरी । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

कलेज सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काका अनुसार घोषणा गरिएको रकम शनिबार नै कोषमा जम्मा गरिनेछ ।

Advertisement

राष्ट्रिय विपत्तिका बेला शैक्षिक संस्थाले पनि पीडित नागरिकको साथमा उभिनुपर्ने मान्यताअनुसार सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताए । ‘राष्ट्रिय विपत्तिको यो अवस्थामा कलेजको तर्फबाट सानो भए पनि योगदान होस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।

शिक्षा संस्था पठनपाठनमा मात्र सीमित नभई समाजमा संकट आइपर्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि सक्रिय हुनुपर्ने सन्देश दिन सहयोग गरिएको कलेजले जनाएको छ । कलेजका अनुसार कोशी प्रदेशको शिक्षा क्षेत्रबाट राष्ट्रिय विपत्तिका लागि संस्थागत रूपमा सहयोग गर्ने यो पहिलो पहल हो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि कैयौँ नागरिक बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी छ ।

सरकारी तथा सुरक्षा निकायसँगै निजी क्षेत्र, शैक्षिक संस्था र विभिन्न संघसंस्थाले बाढी प्रभावितका लागि सहयोग गरिरहेका बेला नमुना कलेजले पनि राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय लिएको हो ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×