बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार २०:१९
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशका बालबालिकालाई शुभकामना दिँदै रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले यसपालि अन्य बालबालिकाजस्तै राधा–कृष्णको भेषमा सजिएर रमाउने अवसर विपद् प्रभावित क्षेत्रका बालबालिकाले नपाएको बताएका छन् । उनीहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेको उल्लेख गर्दै उनले विपद्का कारण घर, बस्ती र खेल्ने चौरसमेत खण्डहर बनेको बताएका छन् ।

Advertisement

बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई उद्धारमा प्राथमिकता दिइएको र प्रभावितहरू अहिले होल्डिङ सेन्टरमा रहेको उनले बताएका छन् । सुरक्षित र सहज बसोबासको व्यवस्था गरी बालबालिकाले पुनः आफ्ना भविष्यका सपना बुन्ने वातावरण बनाउने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढ्दै गएकाले विपद्को जोखिम घटाउन पूर्वतयारी आवश्यक रहेको बताएका छन् । उनले बालबालिकालाई घरमा ‘विपद् झोला’ तयार राख्न, सानो भए पनि बचत गर्न तथा जलवायु परिवर्तन र विपद्का विषयमा अध्ययन र छलफल गर्न आग्रह गरेका छन् ।

उनका अनुसार केही बेर अघिसम्म १३ हजार ९५ जना प्रभावितको उद्धार भइसकेको छ । उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य विज्ञ टोलीलाई धन्यवाद दिँदै उनले विदेशमा रहेका नेपाली, मित्रराष्ट्र र विकास साझेदार संस्थाले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले विपद्को समयमा एकता, सद्भाव र भ्रातृत्वको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन,’ उनले श्रीकृष्णको सन्देश स्मरण गर्दै भनेका छन्, ‘धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिँदैनौँ ।’

उनले सबै मिलेर विपद्को सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
स्कुले छात्रालाई सडकमा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×