कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १३:२९
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहत व्यवस्थापनलगायत बाढी विपद्का विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

Advertisement

बैठकमा महाधिवेशनको तयारी, संगठनसम्बन्धी विषय र पछिल्लो राजनीतिक परिस्थितिबारे पनि नेताहरूबीच छलफल हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×