अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १७:४८
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग

विराटनगर । बाढी प्रभावितको राहत तथा पुनः स्थापनाका लागि विराटनगरस्थित अर्किड कलेजले ५ लाख १ हजार ३ सय ४१ रुपैयाँ सहयोग गरेको छ ।

कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित रकम उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल मोरङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । कलेजले सहयोग रकम बराबरको चेक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल मोरङलाई प्रदान गरेको छ ।

Advertisement

कलेज परिसरमा आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका केन्द्रीय सचिव राजेश कार्की, मोरङका अध्यक्ष अमित ढकाल र सचिव भुवन नेपाललाई कलेजका प्रिन्सिपल मनिष भट्टराईले चेक हस्तान्तरण गरेका थिए ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

कलेजका प्रिन्सिपल भट्टराईले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व भएको बताए ।

‘विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,’ उनले भने । विद्यालयले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा विपत्तिका बेला सहयोग गर्दै आएको प्रिन्सिपल भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने, अरु के के निर्णय गर्यो सरकारले ?
भोटेकोशी बाढी : पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
विपद् न्यूनीकरणदेखि ग्यास आपूर्तिसम्म सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×