बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार २०:०८
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग

​बिराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले रसुवाको बाढी पीडितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि  हिसान मोरङले ५४ लाख ६५ हजार ८३४ रुपैयाँ हस्तान्तरण गरेको छ।

Advertisement

​हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार सदस्य विद्यालयहरूबाट संकलित उक्त रकममध्ये २६ लाख ३३ हजार ५५५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा र २८ लाख ३२ हजार २७९ रुपैयाँ ‘हिसान केन्द्र’ को खातामा जम्मा गरिएको छ ।

​बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हिसान मोरङले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

​विपद्को यो कठिन परिस्थितिमा पीडितहरूको उद्धार र पुनः स्थापनाका लागि सरकारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताउँदै हिसान मोरङले प्रभावित क्षेत्रमा द्रुत गतिमा पुनः स्थापना र पूर्वाधार निर्माणका कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×