कोशी प्रदेशसभाको ३२ औँ बैठक असोज २२ गते

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १९:३३
कोशी प्रदेश सभा सचिवालय

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत ३२ औँ बैठक आगामी असोज २२ गते बिहीबार बस्ने भएको छ।

कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असोज २२ गते दिउँसो १ बजे कटहरीस्थित कोशी प्रदेशसभा भवनमा बस्ने जानकारी दिएको हो ।

यसअघि गत भदौ २२ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । लामो समयपछि बैठकको मिति तय भएसँगै प्रदेशसभाको कामकारबाही पुनः अघि बढ्ने भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशअनुसार बैठक आह्वान गरिएको प्रदेश सभा सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×