जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १६:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रको रक्षाका लागि लामो समय संघर्ष गरे पनि जनताले उठाएका प्रश्नको समुचित जवाफ दिन नसकिएको बताएका छन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले वर्तमान महाधिवेशन कांग्रेसका लागि मात्र नभई समग्र देशको राजनीतिमा नयाँ चरणको सुरुवात बन्नुपर्ने बताए । उनले कांग्रेसलाई पुनर्जीवन दिँदै नयाँ पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार अब कांग्रेसले राजनीतिको केन्द्रमा राष्ट्रलाई राखेर अघि बढ्नुपर्छ। लोकतन्त्र र राजनीति सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नु अहिलेको मुख्य दायित्व रहेको उनले बताए ।

‘आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो । यदि यो प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने राजनीति सार्थक हुन्छ।’

घिमिरेले लोकतन्त्रलाई केवल शासन व्यवस्था नभई नागरिकको जीवन परिवर्तन गर्ने माध्यमका रूपमा स्थापित गर्नुपर्ने बताए। जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नतिलाई कांग्रेसले अबको प्रमुख एजेन्डा बनाउनुपर्ने उनको भनाइ छ।

लोकतन्त्रको सबलीकरणका लागि छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्ध पनि महत्त्वपूर्ण हुने उनले बताए। लोकतन्त्रको रक्षा गर्ने क्रममा जनताको मनमा उठेका प्रश्नको जवाफ दिन नसक्नु पार्टीका लागि आत्मसमीक्षाको विषय भएको उनको भनाइ थियो ।

‘लोकतन्त्र भनेको केवल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो,’ घिमिरेले भने, ‘छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धले मात्र हाम्रो लोकतन्त्रलाई थप सबल बनाउन सक्छ। तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ। यो हाम्रो आत्मसमीक्षाको विषय हो।’

उनले अबको राजनीति सत्ता र औपचारिकतामा मात्र सीमित हुन नहुने बताए। वृद्धावस्थालाई सम्मानित र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउने गरी राजनीतिको दिशा तय गर्नुपर्नेमा उनले जोड दिए।

‘हामीले बुढेसकाललाई सम्मानित बनाउन सकेनौँ र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन सकेनौँ। अबको राजनीति केवल सत्ता र औपचारिकतामा मात्र सीमित हुनुहुँदैन,’ घिमिरेले भने

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×