कांग्रेसको आगामी कार्यदिशामा गगनको दस्तावेज अनुमोदन

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १२:३४

काठमाडौं । नेपाली कांग्रेसले आगामी चार वर्षका लागि पार्टी सञ्चालन र राजनीतिक दिशानिर्देश तय गर्ने आधारका रूपमा सभापति गगन थापाले तयार पारेको राजनीतिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए । केन्द्रीय समितिबाट पारित भएसँगै प्रतिवेदन अब कांग्रेसको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने भएको छ ।

प्रतिवेदनमा कांग्रेसले विगतका राजनीतिक तथा सांगठनिक अभ्यासको समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई अघि बढाउने नीति र प्राथमिकता समेटिएका छन् । निर्वाचनमा जानुअघि अन्य दलसँग गठबन्धन नगर्ने नीतिलाई समेत प्रतिवेदनले अघि सारेको छ ।

त्यसैगरी पार्टीको पुनर्संरचना, सरकारका कामकारबाहीमाथि निगरानी तथा खबरदारी, निजी क्षेत्रसँग सहकार्य र युवाको सहभागिता बढाउने विषयलाई पनि प्रतिवेदनमा प्राथमिकता दिइएको छ । कांग्रेसले अघि सारेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई समेत आगामी कार्यदिशासँग जोडिएको छ ।

प्रतिवेदनमा राजनीतिक र वैचारिक विषयसँगै संगठन तथा आर्थिक पक्षमा पार्टीले लिनुपर्ने दिशाबारे पनि प्रस्ताव गरिएको छ । विगतका कमजोरीको आत्मसमीक्षामार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयलाई प्रतिवेदनले जोड दिएको छ ।

केन्द्रीय समिति बैठक भने खाना खानका लागि केही समय स्थगित गरिएको छ । सहमहामन्त्री बुढाका अनुसार खाना खाएपछि बैठक पुनः बस्नेछ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
कांग्रेसमा वरिष्ठ उपसभापतिसहित २४ पदाधिकारी, २३२ सदस्यीय केन्द्रीय समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×