
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार र निष्पक्ष अनुसन्धानमार्फत जनताको विश्वास जित्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउन पनि प्रहरीलाई आग्रह गरे।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता बढाउनुपर्ने बताए ।
प्रहरीको बर्दी डरको नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने उनको भनाइ थियो । ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिने छैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीले जवाफदेहितालाई आत्मसात् गर्दै नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

























