
विराटनगर । मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित फुड फेस्टिभल–२०८३ तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ ।
कात्तिक २५ देखि कात्तिक १० गतेसम्मका लागि अनुमति दिइएको उक्त फेस्टिभलमा तोकिएका सर्तहरू उल्लंघन भएको तथा स्थानीयवासीबाट उच्छृङ्खल गतिविधि र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुगेको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो ।
शान्ति सुरक्षामा चुनौती सिर्जना भएकाले तोकिएका सर्त बमोजिम फुड फेस्टिभल तत्काल बन्द गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिएका छन् ।




















