महोत्तरीमा रावणवध उत्सव सम्पन्न

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार ०९:१७

महोत्तरी । विजया दशमीको अवसरमा मिथिलाको परम्पराअनुसार महोत्तरीका विभिन्न स्थानमा रावणवध उत्सव मनाइएको छ। मटिहानी र जलेश्वरमा बुधबार साँझ रावणको प्रतीकात्मक वध गर्दै उत्सव सम्पन्न गरिएको हो।

मटिहानी–८ स्थित तस्मैयाबाबा उद्यानमा निर्माण गरिएको ५१ फिट अग्लो रावणको आकृतिलाई आगो लगाएर दहन गरिएको थियो। त्रेतायुगमा भगवान् श्रीरामले दशमीका दिन रावणको वध गरेको धार्मिक विश्वासका आधारमा मिथिलामा यो परम्परा चल्दै आएको छ।

मिथिलामा सीतालाई आफ्नै चेलीका रूपमा सम्मान गरिने भएकाले सीताको अपहरण गर्ने रावणको वधलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। स्थानीय संस्कृतिका जानकारहरूका अनुसार रावणवध उत्सव यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ।

मटिहानीमा रावणको आकृति दहन गरेपछि भोलिपल्ट बाजागाजासहित जलाशयमा लगेर विसर्जन गर्ने परम्परासमेत रहिआएको छ। यस उत्सवले मिथिलाको मौलिक संस्कृति र धार्मिक आस्थालाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×