दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार ११:११

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले गोरखास्थित प्रसिद्ध मनकामना मन्दिर र काली मन्दिरको भ्रमण गरेका छन्। दशैंको अवसरमा गरिएको भ्रमणका क्रममा उनले मन्दिरका पुजारी तथा पूजा समितिका सदस्यहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गरेका हुन्।

मन्दिर भ्रमणका क्रममा राजदूत रहमानले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी लिएका थिए। उनले नेपालीहरूको महान् पर्व दशैंका अवसरमा देखिने धार्मिक आस्था र सांस्कृतिक परम्परालाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।

राजदूत रहमान काठमाडौंमा आयोजित दुर्गापूजामा समेत सहभागी भएका थिए। दशैंका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उनले यसलाई आफ्ना लागि सुखद र ज्ञानवर्द्धक अनुभवका रूपमा व्याख्या गरेका छन्।

दशैंको शुभकामना सन्देश जारी गर्दै राजदूत रहमानले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। उनले दशैंलाई यस क्षेत्रको साझा सांस्कृतिक सम्पदाका रूपमा उल्लेख गर्दै यस पर्वले धार्मिक सद्भाव, सहअस्तित्व, एकता र आपसी भाइचाराको भावना बलियो बनाउने बताएका छन्।

विभिन्न धर्म र आस्थाबीचको भिन्नताभन्दा माथि उठेर सम्मान, करुणा र सहानुभूतिको भावना विकास गर्न दशैंले प्रेरणा दिने उनको भनाइ छ।

नेपाल र बंगलादेशसहित दक्षिण एसियाली क्षेत्रका समुदायको संस्कृति तथा सम्पदा शताब्दीयौँदेखि पारस्परिक सहअस्तित्व र धार्मिक सहिष्णुताबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले साझा सांस्कृतिक विरासतले दुई देशका जनताबीचको मित्रता र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

राजदूत रहमानको भ्रमणलाई नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्ध, धार्मिक सहिष्णुता र जनस्तरको मित्रतालाई थप प्रगाढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
अम्बे स्टिलमा आगलागी हुँदा १ करोडकाे
दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान
तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न
प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×