त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १३:०९

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा जंगली स्यालले आतंक मच्चाएको छ । बुधबार साँझ गाउँ पसेको एउटा वयस्क स्यालले गाई, गोरु, भैँसी, राँगा, बाख्रा र खसी गरी कम्तीमा १५ वटा पशुचौपाया टोकेर घाइते बनाएपछि स्थानीय त्रसित बनेका छन् ।

वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)का अनुसार साँझ करिब ५ बजे गाउँ पसेको स्यालले मानिसदेखि नडराई बाटोमा भेटिएका तथा घरका गोठभित्र रहेका पशुचौपायालाई समेत आक्रमण गरेको थियो । दसैँको टीकाका दिन आफन्तकहाँ आउजाउ गर्नेको भीड रहे पनि स्यालको आक्रमणबाट मानिस भने जोगिएका छन् ।

करिब ३० किलोभन्दा बढी तौलको देखिने उक्त स्यालले छिमेकी टोल सनुवा र आसपासका क्षेत्रमा समेत पशुचौपायालाई टोकेको खबर आएको वडाध्यक्ष खत्रीले बताए । स्याल अस्वाभाविक रूपमा आक्रामक देखिएकाले स्थानीयले बहुलाएको आशंका गरेका छन् ।

घटनालगत्तै बिहीबार बिहानदेखि घाइते पशुचौपायालाई रेबिजविरुद्धको खोप लगाउन थालिएको छ । स्याल पुनः गाउँ पस्न सक्ने जोखिम रहेकाले वडाध्यक्ष खत्रीले नगरपालिका र प्रहरी प्रशासनसँग आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भुल्के र चुरे जंगलसँग जोडिएको खैजनपुरमा यसअघि जंगली हात्तीको आवतजावतले स्थानीय त्रसित हुँदै आएका थिए । तर, स्यालले यसरी गाउँ पसेर पशुचौपायामाथि आक्रमण गरेको घटना आफूले पहिलोपटक देखेको स्थानीय काशी राईले बताए ।

तपाइको प्रतिक्रिया
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
अम्बे स्टिलमा आगलागी हुँदा १ करोडकाे
दशैंले धार्मिक सद्भाव र एकता बढाउँछ : बंगलादेशी राजदूत रहमान
तलेजुको वाहन सेतो घोडा जात्रा सम्पन्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×