न्यायाधीश र मुद्दाका पक्षसँगको भेटबारे छानबिन गर्न बारको माग

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार १७:१२

काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटबारे सार्वजनिक भएका विवरणको निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिन गर्न माग गरेको छ ।

बारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणबारे सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्र सीमित राख्न नहुने जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटका विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन् । प्रधानन्यायाधीशलाई समेत जोडेर समाचार प्रकाशित भएपछि यस विषयले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ ।

बारले समाचारमा उल्लिखित आरोपलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिको दोष प्रमाणित भइसकेको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पारेको छ । प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा प्रस्तुत गर्ने अवसर र प्रचलित कानुनबमोजिमको न्यायिक प्रक्रियाको प्रत्याभूति हुनुपर्ने बारको धारणा छ ।

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै बारले न्यायपालिकाप्रतिको जनआस्था कायम राख्नु न्यायिक नेतृत्व, न्यायाधीश, कानुन व्यवसायी तथा समग्र राज्य संयन्त्रको साझा दायित्व भएको जनाएको छ ।

बारले सार्वजनिक भएका विषयमा सम्बन्धित सक्षम निकायबाट निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानुनबमोजिम कारबाही गर्न पनि बारले माग गरेको छ ।

त्यस्तै, आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी आवश्यक स्पष्टता प्रदान गर्नसमेत बारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसलाई जनतासँग जोड्ने गगनको योजना, मंसिरभर देशव्यापी अभियान
प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन
घुस प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रधान न्यायाधीश शर्माको स्पष्टीकरण
झापामा भूमि समस्या समाधान तीव्र, डेढ महिनामा ३३ परिवारले पाए लालपुर्जा
डा. गोविन्द केसीले सुरु गरे इलाममा अनशन
इनमको मोबाइलले खोल्दै छ शक्तिकेन्द्रसँगको सम्बन्ध, अनुसन्धानमा प्रहरीको छुट्टै टोली
न्यायाधीश र मुद्दाका पक्षसँगको भेटबारे छानबिन गर्न बारको माग
कोशीमा दसैँका १० दिन : समग्रमा शान्तिपूर्ण, २२५ घटनामा ५७ जनाको मृत्यु
नेप्से ३१ अंकले बढ्यो, तीन महिनायताकै उच्च बिन्दुमा
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
जनकपुरको ब्याटिङमा मोइनको चमक, काठमाण्डु पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×