
विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित राधारत्न ओखलढुंगा छापाखानामा बिहीबार साँझ आगलागी भएको छ । साँझ ६ः२५ बजेतिर लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन विराटनगर महानगरपालिकाका दुईवटा दमकल, प्रहरी र स्थानीयवासी परिचालित भएका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा दमकलले आगो निभाउने प्रयास गरिरहेको उनले बताए।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

























