रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १३:०१
भोजपुरको षडानन्द नगरपालिका–६ राम्चेमा रहेको रुद्राक्षको बगान ।

विराटनगर । रुद्राक्ष एउटा दाना मात्रै नभएर नेपाली समाजमा आस्था, विश्वास र आध्यात्मिक पहिचानसँग जोडिएको प्राकृतिक उपहार हो ।

विशेषगरी हिन्दु धर्मावलम्बीले भगवान् शिवको प्रतीकका रूपमा रुद्राक्षलाई श्रद्धापूर्वक धारण गर्ने गरेका छन् । शिवभक्तका लागि रुद्राक्षको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष छ ।

रुद्राक्षको दाना रुद्राक्ष नामक रूखमा फल्ने फलको बियाँ हो । यसको बाहिरी सतहमा देखिने धर्सा तथा मुखका आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरिन्छ । एकमुखीदेखि २९ मुखीसम्मका रुद्राक्ष पाइने धार्मिक मान्यता छ । यसको आकार, बनावट र प्राकृतिक स्वरूपले पनि मानिसलाई आकर्षित गर्छ ।

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रमा रुद्राक्षका रूख पाइन्छन् । विशेषगरी भोजपुर, संखुवासभालगायत पूर्वी पहाडी जिल्लामा यसको खेती र व्यावसायिक कारोबार हुँदै आएको छ । पछिल्लो समय रुद्राक्ष धार्मिक आस्थासँगै आम्दानीको स्रोतसमेत बनेको छ । स्थानीय किसानका लागि यसको उत्पादन र बिक्री जीविकोपार्जनको माध्यम बनेको छ ।

बजारमा विभिन्न आकार, प्रकार र गुणस्तरका रुद्राक्ष उपलब्ध छन् । यसको वास्तविक मूल्य मुख, आकार, बनावट र गुणस्तरअनुसार फरक पर्छ । धार्मिक विश्वासले जोडिएको रुद्राक्ष प्रकृति, संस्कृति र स्थानीय अर्थतन्त्रको सुन्दर संगमका रूपमा स्थापित हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.