न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १४:११
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा सर्वोच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले सार्वजनिक भएका विषयको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको हो । प्रधान न्यायाधीश र न्यायाधीशहरूबारे आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्चले अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई दोषीका रूपमा चित्रण नगर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी संविधान र कानुनअनुसार छानबिन गर्नुपर्ने उल्लेख छ । अनुसन्धानबाट प्राप्त निष्कर्ष सत्यतथ्यसहित यथाशीघ्र सार्वजनिक गर्न पनि अदालतले आग्रह गरेको छ ।

अदालतले आफूहरू संविधानको सर्वोच्चता र कानुनको शासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका सम्बन्धमा हुने अनुसन्धानमा कानुनले तोकेको जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न पनि तयार रहेको सर्वोच्चको भनाइ छ ।

न्यायपालिका नागरिकको आस्था र विश्वासमा टिकेको संस्था भएकाले यससँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउनुपर्ने पूर्ण बैठकको निष्कर्ष छ । छानबिनको टुंगो नलाग्दै व्यक्तिलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको काममा अवरोध पुग्ने प्रकृतिका सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ ।

यसैबीच, सार्वजनिक भएका समाचारबाट प्रभावित नभई नियमित न्यायिक काममा सक्रिय रहन सर्वोच्चले देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीसहित सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.