कोशीमा तिहार लक्षित सुरक्षा जाँचमा प्रहरीको कडाइ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १५:५२

विराटनगर । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेश प्रहरीले सुरक्षा निगरानी र जाँचमा कडाइ गरेको छ ।

विशेषगरी तिहारलाई लक्षित गर्दै पटका तथा पटकाजन्य विस्फोटक पदार्थको बिक्रीवितरण, ओसारपसार र प्रयोग नियन्त्रण गर्न सीमा नाकासहित विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्व सुरक्षा योजनाअनुसार प्रहरी कुकुरसहितको टोली परिचालन गरी सवारीसाधन, शङ्कास्पद सामग्री र आवतजावत गर्ने व्यक्तिमाथि निगरानी तथा जाँचलाई तीव्र बनाइएको छ ।

प्रहरीका अनुसार जाँचका क्रममा विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका १० लाख सात हजार रुपैयाँभन्दा बढी मूल्यका पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.