साढे १ करोडभन्दा बढीको पटका बरामद

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १६:५१

काठमाडौं । सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उक्त अवधिमा १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरका पटका बरामद गरेको हो । प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ ।

मधेश प्रदेशबाट ७४ लाख ३१ हजार ९ सय ९ रुपैयाँ, कोशी प्रदेशबाट ११ लाख ४९ हजार ३ सय ५० रुपैयाँ, लुम्बिनी प्रदेशबाट १८ लाख ३२ हजार २ सय १२ रुपैयाँ, बागमती प्रदेशबाट २ लाख ३५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३ सय ९८ रुपैयाँ बराबरका पटका बरामद गरिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै थप ६ लाख ५९ हजार ५ सय ४० रुपैयाँ बराबरका पटका बरामद भएका छन् । तिहार तथा छठ पर्वका बेला अवैध रूपमा पटका भित्र्याउने, ओसारपसार गर्ने र बिक्रीवितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र जाँचलाई तीव्रता दिएको छ ।

अवैध पटका प्रयोगले आगलागी, जनधनको क्षति र वातावरणीय प्रदूषणको जोखिम बढाउने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

पटका पड्काउँदा ज्यानकै जोखिम : एकछिनको रमाइलो, जीवनभरको पीडा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.