ईनम सापकोटा प्रकरणमा अप्रमाणित सूचना सार्वजनिक नगर्न प्रहरीको आग्रह

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १७:०६

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ईनम सापकोटासम्बन्धी अनुसन्धानबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानलाई प्रभावित पार्न सक्ने तथा मुद्दासँग असम्बन्धित मोबाइल लोकेसनलगायत अप्रमाणित विषय सार्वजनिक गरिएको भन्दै प्रहरीले त्यसप्रति आपत्ति जनाएको हो ।

प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार उक्त मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको प्रहरीले स्पष्ट पारेको छ । अनुसन्धानका संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि प्रहरीले जनाएको छ ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रचलित कानुनी व्यवस्थाको पालना नगरी मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले त्यस्ता विवरणको आधिकारिकता पुष्टि गर्नसमेत आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.