सेवाग्राहीविहीन यातायात कार्यालयमाथि प्रदेशसभाको नजर, प्रभावकारिता अध्ययन गरिने

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १६:२७

विराटनगर । सेवाग्राहीको न्यून उपस्थिति हुँदाहुँदै पनि सञ्चालनमा रहेका कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको औचित्यमाथि प्रश्न उठेपछि प्रदेशसभाले तिनको प्रभावकारिता अध्ययन गर्ने भएको छ। आवश्यकताबिनै कार्यालय स्थापना गरिएको र कतिपय कार्यालयमा दिनभरिमा एक जना सेवाग्राहीसमेत नआउने गरेको गुनासोपछि प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले यस विषयमा चासो देखाएको हो।

समितिको सोमबार बसेको बैठकमा सांसदहरूले प्रदेशका विभिन्न जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयको आवश्यकता, औचित्य र सेवा प्रवाहको अवस्थाबारे अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा सांसद नारायण बुर्जामगरले यातायात कार्यालयहरूमा बेथिति रहेको उल्लेख गर्दै सेवाग्राही नै नआउने स्थानमा समेत कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको बताए। उनले ओखलढुंगाको रुम्जाटारस्थित यातायात कार्यालयमा दिनमा एक जना सेवाग्राहीसमेत नआउने गरेको उदाहरण दिँदै प्रदेशभर यस्ता कार्यालय कहाँ–कहाँ र कति संख्यामा छन् भन्नेबारे अध्ययन गर्नुपर्ने बताए।

त्यस्तै, सांसद रमेश बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका यातायात कार्यालयको संख्या,  सेवा प्रवाह र प्रभावकारिताबारे अध्ययन आवश्यक रहेको बताए । सांसदहरूको गुनासोपछि समितिकी सभापति कमला दर्नालले यातायात कार्यालयहरूको अवस्थाबारे अध्ययन गरी आवश्यकताअनुसार प्रदेश सरकारलाई निर्देशन दिने बताइन्।

बैठकमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको व्यवस्थापनमाथि पनि प्रश्न उठेको थियो। सांसदहरूले कार्यालयमा पार्किङको उचित व्यवस्था नभएको भन्दै सेवाग्राहीले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएका थिए। कार्यालय परिसरको पछिल्लो भागमा प्रवेशद्वार निर्माण गरिएको विषयमा समेत प्रश्न उठाउँदै त्यसले सेवाग्राहीलाई सहज बनाउने उद्देश्य राखेको हो वा अन्य स्वार्थ जोडिएको हो भन्नेबारे स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।

यस विषयमा समितिले मंगलबार नै इटहरीस्थित यातायात कार्यालयको अनुगमन तथा छानबिन गर्ने भएको छ। साथै, यसअघि समितिले दिएका निर्देशन कार्यान्वयन भए–नभएको अवस्थासमेत अनुगमन गरिने सभापति दर्नालले जानकारी दिइन्।

यसैबीच, समितिअन्तर्गतको प्रत्यायोजित विधायन उपसमिति पनि पुनर्गठन गरिएको छ। सांसद रमेश बस्नेतको संयोजकत्वमा नारायण बुर्जामगर र सदानन्द मण्डल सदस्य रहने गरी उपसमिति हेरफेर गरिएको सभापति दर्नालले बताइन्।

तपाइको प्रतिक्रिया
‘भारत-नेपाल सम्बन्ध नयाँ उचाइमा’ (पूर्णपाठसहित)
आपत्कालीन सूचना दिन सरकारले परीक्षण गर्दै सेल ब्रोडकास्ट प्रणाली
‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल’ (पूर्णपाठसहित)
सेवाग्राहीविहीन यातायात कार्यालयमाथि प्रदेशसभाको नजर, प्रभावकारिता अध्ययन गरिने
नेपाल-भारत सम्बन्धको नयाँ परीक्षा
नेपाल–भारत सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्नुपर्छः प्रधानमन्त्री
बालेन र मोदीद्वारा पाँच परियोजनाको उद्घाटन र शिलान्यास
दिल्ली भ्रमणले देखाएको सहकार्यको नयाँ बाटो
बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.