संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १६:४५

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार छुट्टाछुट्टै समयमा हुनुपर्ने बताएका छन्। दुवै तहको निर्वाचन एकैपटक गर्ने प्रस्तावले संविधानको मर्म र व्यवस्थामाथि प्रश्न उठाउने भन्दै उनले त्यसबाट मुलुक पुनः राजनीतिक दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले स्थानीय तह र प्रदेश सरकारलाई संविधानले सुनिश्चित गरेको पाँच वर्षको पूर्ण कार्यकाल उपभोग गर्न दिनुपर्नेमा जोड दिए। निर्वाचन कहिले एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने बहसमा अल्झिनुभन्दा संविधान र कानुनले गरेको व्यवस्थालाई पालना गर्नुपर्ने उनको भनाइ थियो।

उनका अनुसार स्थानीय तहको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५–७ गतेसम्म रहेकाले स्थानीय तहको निर्वाचन वैशाखमा तथा प्रदेशसभाको निर्वाचन कात्तिक वा मंसिरको पहिलो साता गर्नुपर्छ।

प्रचण्डले आसन्न निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षासँग जोड्दै शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानसभाका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय संकटको समाधानका लागि वामपन्थी शक्तिहरूबीचको एकता र सहकार्य महत्त्वपूर्ण भए पनि वामपन्थीहरू मात्रै मिलेर अहिलेको चुनौती सामना गर्न नसकिने उनको धारणा थियो।

‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानमाथि प्रहार भएको छ। त्यसको रक्षाका लागि सबै एक ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै शक्तिबीच सहकार्य आवश्यक छ। हामी सबैसँग संवादमा छौँ।’

यसैबीच, उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा टिप्पणी गरेका छन्।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.