पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १९:२९

झापा । चन्द्रा भण्डारीको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाको दुधे रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो।

आर्मीको जितमा चन्द्राले खेलको ५१ औँ मिनेटमा निर्णायक गोल गरिन् । विमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा फर्किएको बललाई चन्द्राले जाली चुमाएकी थिइन्।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि आर्मीले त्यसको सदुपयोग गर्न सफल भयो। खेलको आठौँ मिनेटमा पुलिसकी रेखा पौडेलको प्रहार आर्मीकी गोलकिपर कविता विकले पञ्च गरेर बचाइन्। ४४औँ मिनेटमा आर्मीकी चन्द्राको प्रहार पुलिसकी गोलकिपर उषाले मुस्किलले विफल बनाइन्। त्यसैगरी, ४९औँ मिनेटमा विमला चौधरीको प्रहार पनि उषाले बचाएकी थिइन्।

यस जितसँगै आर्मीले उपाधिका लागि शनिबार अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँगको भेट पक्का गरेको छ। गतवर्षको भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक भने सेमिफाइनलमै पराजित भएपछि पुलिस उपाधि रक्षाको दौडबाट बाहिरिएको छ।

खेलको प्लेयर अफ द म्याच आर्मीकी विमला विक घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

नेपाल, भारत र भुटानका आठ टोली सहभागी प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
फोहोरलाई ऊर्जामा बदल्ने परियोजना देशभर विस्तार गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.