
विराटनगर । तिहारपछि बजार खुल्दा सुनको बजार मूल्य घटेको छ ।
गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो । तिहारकाे बजार बन्दहुनुअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रहेको थियो ।
मंगलबार नेपाली बजारमा प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा २ हजार ८ सय रूपैयाँ कम हो ।
आज चाँदीको मूल्य पनि घटेको छ। यस दिनको लागि प्रतितोला २ हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिनको कारोबार मूल्य २ हजार ९० रूपैयाँ थियो ।

























