रवि लामिछानेको चौथोपटक म्याद थप, १३ दिन हिरासतमा राख्न अनुमति

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १६:१०

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आइतबार चौथोपटक म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई अरु १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि अनुसन्धान गर्न प्रहरीलाई थप १३ दिनको म्याद दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई हिरासतमा राख्नका लागि पहिलोपटक ५ दिन, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएपछि रविलाई आइतबार अदालत उपस्थित गराइएको थियो ।

सहकारी ठगीसँगै रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई म्याद थपका लागि अदालत लैजाने क्रममा रास्वपाले पोखरामा प्रदर्शन गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.