महसुल नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १७:००

काठमाडौं । विद्युत प्रयोग गरेबापतको महसुल नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले यसअघि काटिएका लाइन जोड्ने निर्णय गरेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उद्योगका लाइन जोड्ने निर्णय गरेको थियो । ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।

डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेकामध्ये ३४ वटा उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते लाइन काटेको थियो । तीमध्ये किस्तामा महसुल बुझाउन थालेपछि ६ उद्योगको लाइन जोडिएको छ ।

तर, मन्त्रिपरिषद्ले महसुल तिर्ने १५ दिनको समय दिएर उद्योगमा लाइन काट्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयलाई अटेर गर्दै विद्युत प्राधिकरणले सोमबार लाइन नजोडेपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.