रविको बयान सकियो, भोलि पोखरा लगिने

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २९, बिहीबार २१:३१

रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा ३ दिनसम्म लगाएर उनको बयान लिइएको हो । सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि उनलाई पोखराबाट बुटवल लगिएको थियो ।

मंगलबारदेखि सुरु भएको उनको बयान आज (बिहीबार) साँझ मात्रै सकिएको छ । आज उनलाई रुपन्देहीमै राखिको छ । बयान चाँडै सकिएको भए उनलाई पोखरा लैजाने तयारी थियो । अब भोलि (शुक्रबार) मात्रै लगिने प्रहरीले जनाएको छ ।

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै लामिछानेले अनुसन्धान र अभियोजन अधिकारीसामु इन्कारी बयान दिएका छन् । उनलाई  ७० वटा प्रश्न सोधिएको सरकारी वकिल कार्यालय स्रोतले बतायो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । कास्की प्रहरीको हिरासतमा राखेर उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसाधान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.