सुनको मूल्य १ लाख ६२ हजार १ सय पुग्यो

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ४, मंगलबार १२:३४

काठमाडौं । सुनको मूल्य बढेर मंगलबार प्रतितोला १ लाख ६२ हजार १ सय रूपैयाँ पुगेको छ ।

सोमबार र मंगलबार लगातार सुनको मूल्य बढेको हो । प्रतितोला सोमबार १ हजार रूपैयाँ बढेको थियो । मंगलबार १ हजार १ सय मूल्य बढेको छ । आइतबार १ लाख ६० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारसम्म आइपुग्दा प्रतितोला १ लाख ६२ हजार १ सय रूपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेसँगै सुनको भाउ बढेको छ। यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो ।

चाँदीको पनि मूल्य बढेको छ । प्रतितोला ३५ रूपैयाँले बढेको हो । मंगलबार १ हजार ९ सय ५५ रूपैयाँ तोलाले चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.