जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १९:०६

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, कार्यकारी निर्देशक अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठ, शिक्षक अनुज शर्मा, सरोज पोखरेल, अनुराग श्रेष्ठ, विनोद पोखरेल, आश्मा चालिसेलगायतले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गरेका थिए ।

जेनिथ इन्टरनेशनल कलेजले बेलाबेला विभिन्न अतिरिक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.