काम गर्दै पढ्ने वातावरण बनाउनुपर्छ : पूर्वअध्यक्ष पुरी

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार २०:०६

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरीले नेपालमा काम गर्दै पढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् । युवा शक्तिको विदेश पलायन हुने क्रम रोक्नका लागि काम गर्दै पढ्ने वातावरण बनाउनु पर्ने बताएका हुन् ।

मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोशी प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरुले काम गर्दै पढ्ने वातावरण बनाउनुपर्ने बताए ।

एकातर्फ राजनीतिक अस्थिरता र अर्को तर्फ पढ्दै कमाउने वातावरण नभएका कारण युवाहरुमा विदेश मोह बढेको उनले गुनासो गरे ।

युवा पुस्तालाई स्वदेशमा नै रोक्नका लागि तीन तहका सरकारले पनि याेजनावद्ध रुपमा काम गर्नु पर्ने बताए ।

नीजि क्षेत्र सदैव कर्मवीरहरुको थलो रहेको बताउँदै उनले सोर्स फोर्स नभई क्षमता र योग्यताका आधारमा मात्रै अवसर पाइने बताए । नि:शुल्क शिक्षामा १० देखि १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान पुनः मूल्यांकन हुनुपर्ने समय पनि आएकाे उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.