प्याब्सनको अध्यक्षमा अधिकारी सर्वसम्मत

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १०:५२

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष सर्वसम्मत भए पनि अन्य पदमा भने आज (सोमबार) निर्वाचन हुने छ । प्याब्सनको अध्यक्षमा टीकाराम पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । पटकपटक पदमा पुग्न खोजेको भनेर पुरीको आलोचना पनि भएको थियो ।

आलोचनापछि पुरी पछि हटेका थिए । पुरी पछि हटेपछि अधिकारी अध्यक्ष भएका हुन् । हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरी प्याब्सनको केन्द्रीय अध्यक्ष थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.