डिग्री कलेजबाट नेविसंघका ६ जना पक्राउ 

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार २०:४५
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर । विराटनगर–१४ मा रहेको डिग्री कलेजको ताला फुटाएर तोडफोड गरेको आरोपमा ६ जना नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

विराटनगर–२ का १९ वर्षीय तिलक पोख्रेल र १९ वर्षीय राज पोख्रेल (दाजुभाइ), विराटनगर–२ का २० वर्षीय किसन रजक, विराटनगर–४ का २२ वर्षीय सुज्ञान पराजुली, विराटनगर–५ का २७ वर्षीय अन्जनी चौधरी र विराटनगर–१२ का २६ वर्षीय अवधेश मण्डल पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।  

पक्राउ परेकाहरू नेपाल विद्यार्थी संघका कार्यकर्ता रहेको बताएका छन् । उनीहरूले नेविसंघको कार्यकर्ता रहेको र कलेजमा लगाइएको ताला तोडफोड गर्न आएको बताएको प्रहरीले जनाएको छ । 

तर, उनीहरु कलेजको मुख्य गेटको बाटो नभई गलत बाटोबाट कलेज हाताभित्र प्रवेश गरेर फलामको रडसमेत प्रयोग गरी ताला तोडफोड गर्ने खोज्ने क्रममा रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसअघि महेन्द्र मोरङ क्याम्पसबाट पनि नेविसंघका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । डीएसपी जोशीका अनुसार पक्राउ परेकाहरुलाई के कारबाही हुन्छ यकिन भइसकेको छैन ।

दुवै कलेजका घटना एकै प्रकृतिका र एकै विद्यार्थी संगठनको भएको हुँदा शनिबार दुवैको कलेज प्रशासन र स्ववियु निर्वाचन अधिकृतसँग छलफल गरी अघि बढ्ने डीएसपी जोशीले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.