त्रिचन्द्रका निर्वाचन अधिकृतलाई विद्यार्थीले दले मोसो

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १८:४८

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ । भोलि गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत अंगदमणि गौतममाथि नेपाल विद्यार्थी संघको बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले मोसो प्रहार गरेका हुन् ।

निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।

जसरी पनि निर्वाचन रोक्नु पर्ने धारणासहित बैठकमा सहभागी भएका बानियाँ र श्रेष्ठ बैठकबाट बाहिरिए । केहीबेरपछि पुनः निर्वाचन समितिको कार्यालयमा आएका उनीहरूले परैबाट निर्वाचन अधिकृत गौतममाथि मसी प्रहार गरेका हुन् । विवादका कारण यसअघि तीन पटकसम्म स्थगित भएको स्ववियु निर्वाचन मंगलबारका लागि तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.