काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै शिक्षकहरू

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २०, बुधबार १०:१८

विराटनगर । देशभरका शिक्षकहरूले बुधवारदेखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेसँगै आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासंघले जनाएको छ । आन्दोलन दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.