सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउनुपर्छ : पोखरेल

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार ०६:४७

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउनुपर्ने बताएका छन् ।

उनले शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बताए । त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने पोखरेलको भनाइ छ ।

‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामती विधेयक ल्याउन अनिवार्य छ,’ उनले भने, ‘आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गर्नु पर्यो ।’ त्यसका लागि बरु निश्चित समयको अल्टिमेटम दिएर भएपनि शिक्षकहरु तत्काल कार्यस्थलमा फर्किनु बुद्धिमानी हुने उनले बताए ।

सरकारले विधेयक ल्याउन चाँडै गृहकार्य सुरु गर्नुपर्नेमा पोखरेलको जोड छ । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत पूरा गर्ने कुरामा विश्वस्त हुन उनले आन्दोलनमा रहेका शिक्षकहरुलाई आग्रह गरेका छन् ।

सरकार र संसदले चाहेर पनि प्रक्रिया मिच्न नसक्ने बताउँदै पोखरेलले कानुन बिनाको सम्झौता फेरि इतिहास मात्रै हुनसक्ने उल्लेख गरे । ‘यतिको विषय शिक्षकसाथीहरु सबैले बुझ्नु भएकै छ । निश्चित अल्टिमेटम दिएर सरकारलाई विश्वास गरी काममा फर्किनुपर्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.