
काठमाडौं । माइतीघर –बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले शनिबार (आज) बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोकेको छ । शिक्षकहरू आन्दोलित भएको ८५ औँ दिन भएको छ । शैक्षिक हडताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन थालेको आज २५ दिन पुग्यो ।
आज बिहान सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भयो । सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी ३ भित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

























