तनवीरः तीन दशकदेखि मेसिनसँग साइनो

मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेष्ठ ४, आइतबार १४:३२

विराटनगर । सधैँं आफ्नो ग्यारेजमा व्यस्त हुने तनवीर अन्सारी शनिबार भने केही फुर्सदिला भेटिए । ४८ वर्षीय तनवीर मेसिनसँग जोडिएको ३३ वर्ष भइसक्यो ।

जीवनको यो मोडमा आइपुग्दा उनी कमै फुर्सदिला हुन्छन् । विराटनगर–९ मा उनको ‘युनिक मोटरसाकल रिपेयरिङ सेन्टर’ नामको ग्यारेज सञ्चालनमा छ ।

Advertisement

मेसिनसँग मात्र होइन, त्यहाँ मेसिनरी समस्या लिएर आउने हरेक ग्राहकसँग पनि उत्तिकै प्रेम छ तनवीरको । आर्थिक अभाव र सानै उमेरमा पारिवारिक जिम्मेवारी काँधमा आएका कारण औपचारिक शिक्षा लिन पाएनन् । १५ वर्षको उमेरमै उनले परिवारको रोजीरोटीका लागि ग्यारेजको काम रोजे ।

त्यहीँबाट अरुकै ग्यारेजमा कामको अनुभव बटुल्दै अगाडि बढेको तनवीरको जीवन अहिले आफ्नै स्वामित्वमा रहेको ग्यारेजमा आएर जोडिएको छ ।

शून्यबाट सुरु गरेको ग्यारेजमा अहिले उनले १० जनालाई रोजगारी दिएका छन् । ग्यारेजको कमाइले घर खर्च मात्रै धानेका छैनन, छोराछोरीलाई पढाइरहेका पनि छन् ।

यही कामले आफूलाई चिनाएको र इज्जत पाएकाले आफ्नो कर्मप्रति गर्व गर्छन् उनी । भन्छन्, ‘मलाई यही कामले चिनाएको हो, यही कामले इज्जत पनि दिएको छ ।’

उनको ग्यारेजमा तीन दशक अगाडि देखिका ग्राहक सवारी साधन मर्मतका लागि आउने गर्छन् । बुवादेखि छोराछोरी समेत गरी दुई पुस्ता उनको कामसँग जोडिएका छन् । नियमित रुपमा आफ्ना सवारी साधन मर्मत गर्न आउने गरेको उनको भनाइ छ ।

यति लामो अवधिमा उनले धेरैलाई चिनेका छन् । उनलाई चिन्ने मान्छेहरुको पनि कमी छैन । कसरी यस्तो ? जिज्ञासाको जवाफमा अन्सारी भन्छन्, ‘काम प्रतिको लगाव र इमान्दारिताले मान्छे कमाउन सकेको हुँ ।’

तपाइको प्रतिक्रिया
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित
बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
झापाका युवाले दिए प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×