
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विदार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति भागबन्डाका आधारमा नियुक्त नगर्न माग गरेको छ ।
नेविसंघ त्रिवि समितिले विज्ञप्ति जारी गर्दै उपकुलपतिको नियुक्ति मेरिटोक्रेसी कि सिफारिसतन्त्र ? भन्दै प्रश्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग उसको छ ।
त्रिभुवन विश्वविद्यालय पुनः राजनीतिक हस्तक्षेप, भागबन्डा र सिफारिसको घेराबन्दीमा पर्न थालेको नेविसंघको भनाइ छ । उपकुलपति नियुक्तिको सन्दर्भमा योग्यता र दूर दृष्टिको सट्टा दलगत निष्ठा र सिफारिसको आधारमा निर्णय गर्न खोजिएकोप्रति नेविसंघले आपत्ति समेत जनाएको छ ।

























