
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
विराटनगरमा आइतबार (आज) एक कार्यक्रमका बीच सभापति रूपेश बस्नेतको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराइएको हो ।
समितिको उपसभापतिमा कोपिला खड्का, महासचिव सुरेन्द्रकुमार यादव, सचिव कोमलप्रसाद गौतम, कोषाध्यक्ष बोधनाथ खड्का निर्वाचित भएका थिए ।
त्यस्तै, सदस्यहरूमा बोधराज निरौला, अनिता राजवंशी, तुलसीप्रसाद बराल, रामबाबु यादव, कविन दाहाल, अनु कार्की निर्वाचित भएका थिए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजुकुमार थपलियालगायतले पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघका पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
उपकुलपति थपलियालगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा इकाईका पदाधिकारीहरूलाई अबिर, खादा र प्रमाणपत्र हस्तान्तरण गरे ।

























