
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि साउनको २९ गतेदेखि मौका परीक्षाको समय तोकिएको छ ।
परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जानकारी दिएको हो ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको थियो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

























