अबदेखि शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स पाउने

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार १२:०७

काठमाडौं । अबदेखि विद्यालय तहको शिक्षक हुन शिक्षा संकायबाहेक अरु विषय पढेकाले शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) लिन पाउने भएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकायबाहेक अरु पढेकालाई पनि परीक्षामा सहभागी गराउने सहमति जुटाएको हो । लाइसेन्सका लागि शिक्षक सेवा आयोगले लिने परीक्षा अनिवार्य गरिएको छ ।

प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक ५ वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नुपर्ने व्यवस्था समितिले पारित गरेको हो । यसअघि शिक्षाबाहेक अरु विषय पढेकाले शिक्षकको लाइसेन्स लिन पाउँदैन थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.