उत्कृष्ट विद्यार्थीलाई जनता माविको सम्मान

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १९:५७

रतुवामाई : मोरङको रतुवामाई नगरपालिका– ९ स्थित जनता माध्यमिक विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सोमबार स्वर्गीय खुन्द्रमाया बुढाथोकी स्मृति अक्षयकोषमार्फत नगदसहित सम्मान गरिएको हो । परीक्षामा उत्कृष्ट नजिता ल्याउने सादक ढुंगेल, डिल्लीराम नेपाल र समीक्षा खड्कालाई ४–४ हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वर खनालले जानकारी दिए ।

यस्तै। कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा प्रथम हुने युवराज खड्कालाई ३ हजार रुपैयाँसहित सम्मान गरिएको छ । छात्रा हाइजम्पमा जिल्ला तृतीय हुने प्रमिला राउतलाई १ हजार रूपैयाँसहित सम्मान गरिएको छ ।

२०८१ सालको एसईई परीक्षामा जनता माविबाट ३० जना विद्यार्थीहरु सहभागी थिए । उनीहरुमध्ये २९ जना राम्रो अंकसहित उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ आफ्नो विद्यालयले रतुवामाईमा सबैभन्दा राम्रो नजिता ल्याएको प्रअ खनालको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.