ग्रिनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था’ सम्मान 

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार २०:२८

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेज ‘उत्कृष्ट शैक्षिक संस्था’ सम्मान २०८२ बाट सम्मानित भएको छ ।

काठमाडौंमा शनिबार चन्द्रलोक प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा ग्रिनल्याण्ड कलेज सम्मानित भएको हो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ग्रिनल्याण्डका प्रिन्सिपल दिनेश दाहाललाई सम्मानपत्र प्रदान गरे ।

कोशी प्रदेशको शैक्षिक क्षेत्रमा योगदान गर्नुका साथै मेडिकल, इन्जिनियरिङ र सिम्याटको प्रवेश परीक्षामा उपत्यका बाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा प्रतिष्ठानले ग्रिनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरेको हो ।

सम्मानपछि प्रिन्सिपल दाहालले भने, ‘यो सफलताका लागि शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गर्दछु । यस किसिमको सम्मानले हामीलाई भविष्यमा अझ बढी लगनशीलताका र समर्पणका साथ शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउन प्रेरित गरेको छ ।’

ग्रिनल्याण्ड कलेजको स्थापनादेखि विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । परीक्षामा उत्कृष्ट नतिजा ल्याएकै कारण विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.