विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार १०:४०
विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

इटहरी । इटहरी उपमहानगरपालिका– १ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत ८ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी–२ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

पूर्व विद्यार्थी घिमिरेले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निश्मा चौधरी, आश्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बू र रूपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही ४ हजार ३ सय ७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो ।
सो रकम रामकुमारका बाबुआमा भुवनाथ घिमिरे र दिव्यश्वरी घिमिरेले एक कार्यक्रम गरी विद्यार्थीलाई प्रदान गरेका हुन् ।

सहयोगी दाता रामकुमारकै योजना अनुसार आर्थिक अवस्था कमजोर भएका त्यसमा पनि बाबुआमा गुमाएका वा बाबुआमामध्ये एक जना नभएका छात्रछात्राहरूलाई छनोट गरी उनीहरूको सिकाइमा थप टेवा पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.