विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् ।
टीकाको शुभसाइतमा उनले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाएका हुन् । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ ।