रास्वपाको २० सदस्यीय टोली आज चीन जाँदै

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०६:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान हुनेछ । भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई नेपाल–चीनबीच आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ र विस्तार गर्ने अवसरका रूपमा लिएका छन् ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.