
विराटनगर । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएकाे हाे ।
बुधबार सुनको मुल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । मंगलबार प्रतिताेला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीमा प्रतितोला २५ रुपैयाँ बढेको छ । मंगलबार १९२५ रुपैयाँ रहेको चाँदी कारोबार भएको थियो । आज १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



















